राम्रो फोटो खिंच्ने १० साधारण तरिका

१. आँखाको उचाइ मिलाऔं । यदि बच्चाको खिंच्दैछौं भने आफू झुकौं । क्यामराको लेभल र बच्चाको उचाई समानान्तर होस् ।

rkc

२. पछाडिको विषयवस्तु-आकृतिलाई ध्यान दिऔं । सकेसम्म सफा होस् ।

rkc

३. चम्किलो घाममा अनुहारमा कडा छायाँहरू पर्न जान्छ । अनुहारको उज्यालोमा एकरुपता ल्याउन फ्ल्यास बाल्ने गरौं ।

RKC1

४. अनावश्यक सिन, आकृति हटाउन सकेसम्म नजिक गएर खिचौं । धेरै नजिक नजाऔं विषय धमिलो हुन सक्छ ।

rkc

५. विषयलाई फोटोको बिचमै नपारौं । विषयको फर्काइ अनुसार छेउतिर पारौं ।

rkc

६. फोकस लक गर्ने गरौं । अटो फोकस क्यामराले नजिक रहेको बिचको वस्तुलाईमात्रै फोकस गर्छ । कहिलेकाहिं छेउको वस्तुलाई फोकस गर्नुपर्दा फोकस लक गर्नु पर्ने हुन्छ । लक गर्ने तरिका क्यामरा म्यानुअल बुकमा हुन्छ ।७. फ्ल्यासले कति टाढासम्म भ्याउछ ध्यान दिऔं ।८. प्रकासलाई ध्यान दिऔं । याद राखौं, साझ बिहान घामको प्रकास मधुर र फोटो खिंच्न उपयुक्त हुन्छ ।

rkc

९. आकृति हेरी क्यामरालाई ठाडो पार्ने गरौं ।

rkc

१०. आफै डाइरेक्टर बनौं । खिंच्नु अघि वरिपरि सरसामान मेच आदि मिलाऔं । चारैतिर हेरौं कता बसे गतिलो फोटो आउछ । हसाऔं अथवा हास्न अनुरोध गरौं अथवा हात हल्लाउन लगाऔं अथवा खुट्टा मिलाऔं… बिचार पुर्‍याइ डाइरेक्टर बनौं ।

rkc


 

Advertisement: buy Rajesh KC's cartoon collection book using Master, Visa, Amex Credit Card